मण्डलामा बालनाटक महोत्सव

Balnatakकाठमाडौ : विद्यालयमा अध्ययनरत बालबालिकालाई रंगमञ्चको महत्त्व दर्शाउने उद्देश्यले राजधानीमा बालनाटक महोत्सव आयोजना गरिएको छ । अनामनगरस्थित मण्डला थिएटरमा मंगलबारबाट सुरु भएको महोत्सवमा उपत्यकाका विद्यालयले सहभागिता जनाइरहेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठले उद्घाटन गरेको सो महोत्सवमा दैनिक तीन सो नाटक प्रदर्शन गर्ने गरिन्छ ।
गत फागुनमा आयोजित राष्ट्रिय बालनाटक महोत्सवमा प्रदर्शन भएका १४ उत्कृष्ट नाटक मध्ये ६ नाटक प्रदर्शन भइरहेका छन् । बालबालिकाको चेतना विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जानकारी गराएको छ । पहिलो दिन फुल राइट स्कुल भक्तपुरको नाटक ‘पोसाक’ प्रदर्शन गरिएको रंगकर्मी केदार श्रेष्ठले बताए । महोत्सव नाटक आगामी १२ जेठसम्म चल्नेछ । (सौस)

प्रतिक्रिया