विदेशी लुटपाटको आरोपमा पक्राउ

राजविराज, १० जेठ । दुई विदेशी नागरिकलाई लुटपाट गरेको आरोपमा बिहीबार सप्तरी प्रहरीले भारदहका १ स्थानीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारदहमा होटल व्यवसाय गर्दै आएका महेश गुप्ता छन् ।
गुप्तामाथि क्यानेडियन नागरिकलाई लुटपाट गरेको आरोप छ । सिरहाको लहानबाट सप्तरी हुँदै रिक्सामार्फत पूर्व जाँदै गरेका दुई क्यानेडियन नागरिकलाई स्थानीय कंकालनी मन्दिरनजिक लुटपाट गरेको उनीमाथि आरोप छ । रातको करिब ९ बजे लुटपाटमा परेका उनीहरूले केही समयअगाडि गुप्ताकै होटलमा खाना खाएको जानकारी पाएको स्थानीय नागेन्द्र रायले बताए ।
विदेशी नागरिक कोशी
ब्यारेजतर्फ जाने क्रममा उनीहरूको साथमा रहेको ल्यापटप, क्यामेरा तथा नगद लुटिएको जनाइएको छ । घटनापछि करिब ११ बजे राति प्रहरीले जानकारी पाएको थियो । पक्राउ परेका गुप्तालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कन्चनपुर लगिएको प्रहरी चौकी भारदहले जनाएको छ ।

प्रतिक्रिया