विदेशी नागरिक लुट्ने गुप्ता पक्राउ

राजविराज, ९ जेठ । दुई विदेशी नागरिकलाई लुटपाट गरेको आरोपमा आज सप्तरी प्रहरीले भारदहका एक स्थानीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारदहमा होटल ब्यवसाय गर्दै आएका महेश गुप्ता रहेको प्रहरीले जनाएको छ ।
गुप्तामाथि क्यानेडियन नागरिकलाई लुटपाट गरेको आरोप छ । गुप्ताले सिरहाको लहानवाट सप्तरी हुदै रिक्सा मार्फत पूर्व जादै गरेका दुई क्यानेडियन नागरिकलाई स्थानीय कंकालनी मन्दिर नजिक लुटपाट गरेको बताइएको छ । गए राति ९ बजे लुटिएका ती दुई विदेशीले गुप्ताकै होटलमा खाना खाएका थिए ।
कोशी ब्यारेजतर्फ जाने क्रममा उनीहरुको साथमा रहेको ल्यापटप, क्यामरा तथा नगद लुटिएको थियो । पक्राउ परेका गुप्तालाई अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय कन्चनपुर लगिएको प्रहरी चौकी भारदहले जनाएको छ ।

प्रतिक्रिया