जर्मनीमा नेपालको सांस्कृतिक प्रदर्शनी

photoकाठमाडौं, ९ जेठ । जर्मनीको बर्लिनमा आयोजित सांस्कृतिक कार्यक्रम २०१३ मा नेपालले मौलिक संस्कृति झल्कने विभिन्न सांस्कृतिक प्रस्तुतिहरु देखाएको छ । सांस्कृतिक पर्यटनका क्षेत्रमा अन्त्यन्त महत्वपुर्ण मानिने जर्मनीको बर्लिनमा आयोजित सांस्कृतिक कार्यक्रममा नेपाली विद्यार्थी समाज जर्मनीले नेपालका तर्फबाट सहभागिता जनाएको थियो । कार्यक्रममा नेपाली विद्यार्थीहरुले गाईजात्रा नेपाल शिर्षकमा विभिन्न कलात्मक तथा सांस्कृतिक झांकीका साथै नेपाली पोशाकमा सजिएर नृत्य प्रर्दशन गरेका थिए ।
Carnival culture Berlin 2013सन् १९९६ देखि जर्मनीले निरन्तर आयोजना गर्दै आएको यो सांस्कृतिक पर्व १८ औं संस्करण हो । विश्वभरका ६० देशका भिन्न भिन्न ७५ वटा सांस्कृतिक समुहमा रहेर ४ हजार जनाले सहभागिता जनाउनुका साथै आठ लाख भन्दा बढीले कार्यक्रम हेरेको जर्मनीमा रहेको नेपाली दुतावासले जनाएको छ । जर्मनका लागि नेपाली कार्यवाहक राजदूत प्रकाशमणी पौडेलले नेपाल र नेपालको संस्कृतिका बारे विश्वभर चिनाउन यो कार्यक्रम अन्त्यन्त प्रभावकारी भएको बताए । उनले नेपालको पर्यटन प्रवद्र्धन गर्ने खालका विभिन्न पोस्टरहरु समेत प्रदर्शन गरिएको जनाए । आगामी कार्यक्रममा नेपालको प्रस्तुतिलाई शसक्त बनाउँदै लैजाने कार्यवाहक राजदूत पौडेलले बताए । कार्यक्रमा नेपालको सहभागिताका लागि राजदूतावासले सहयोग गरेको थियो । नेपालले दोश्रो पटक कार्यक्रममा सहभागिता जनाएको हो । कार्यक्रम २१ मे मा समापन भएको थियो ।

प्रतिक्रिया