उदयको निर्माणमा सुब्रतको निर्देशन

Pradeep-Udayaकाठमाडौं : रंग पत्रकार चलचित्र निर्देशनमा उत्रने क्रम दिन प्रतिदिन बढ्दो छ । पत्रकार डब्बु क्षत्रीले चलचित्र राहदानीको निर्देशन थालेको केही समय नबित्दै अर्का पत्रकार सुव्रत आचार्य पनि चलचित्र निर्देशनमा उत्रने भएका छन् ।
उनी ‘अधकट्टी’ नामक चलचित्रमार्फत निर्देशनमा होमिन लागेका हुन् । चलचित्रलाई निर्माता तथा वितरक प्रदीप उदयले निर्माण गर्ने भएका छन् । निर्माता उदयले आफ्नो ४७औँ जन्मदिनको अवसरमा बुधबार चलचित्र संघ विशालनगरमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको घोषणा गरे । कान्तिपुर साप्ताहिकका सम्पादक सुवास ढकालको कथामा चलचित्रका लागि स्क्रिप्ट तयार पार्ने काम भने विजय अधिकारीले गरेका छन् । साउनको दोस्रो साताबाट छायांकनमा जाने चलचित्रका कलाकार छनोट हुन बाँकी छ । ५० लाख रुपियाँ लगानीमा निर्माण हुने यसचलचित्रमा आफूले रंग पत्रकारिताबाट बटुलेको अनुभवलाई उतार्ने निर्देशक आचार्यले बताए । कार्यक्रममा निर्माता प्रदीपकुमार उदयले केक काटेर आफ्नो जन्मदिन सेलिब्रेसन गरे । (सौस)

प्रतिक्रिया