सत्याग्रह गर्नेहरू गिरफ्तार

काठमाडौं : सरकारले मानवअधिकार उल्लंघनकर्तालाई पुरस्कृत गरेको भन्दै शान्ति समाजले गरेको सत्याग्रहमा सहभागीलाई प्रहरीले पक्राउ गरेको छ । सरकारले लोकतान्त्रिक तथा न्यायिक मूल्यमान्यतालाई कुल्चिएको भन्दै समाजले चार दिनअघिदेखि सिंहदरबारको दक्षिणी गेटमा सत्याग्रह गर्दै आएको थियो ।
समाजका महासचिव कुमारराज सुवेदीका अनुसार प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति होमकान्त चौलागार्इं, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति गंगाधर अधिकारी, महासचिव कुमारराज सुवेदी, केन्द्रीय सदस्यहरू जानुका श्रेष्ठ भण्डारी, रत्नलक्ष्मी श्रेष्ठ, संयोजकहरू प्रताप पौडेल, कुमार घिमिरे, महेश आचार्य, उत्तम पुडासैनीलगायतलाई नियन्त्रणमा लिएको छ । (सौस)

प्रतिक्रिया