जगत र सञ्जीव सदस्य होइनन(विज्ञप्ति पनि)

congressकाठमाडौं, ८ जेठ । नेपाली कांग्रेसका सभपाति सुशील कोइरालाले आफैले गरेको विभागीय नियुक्ति प्राविधिक त्रुटी भएको भन्दै भटाभट निर्णय सच्चाउँदै आएका छन् ।
दुई दिनमा उनले दुई वटा विषय प्राविधिक त्रुटी भएको भन्दै सच्चाएका छन् । विभाग गठनलाई लिएर नेता शेरबहादुर देउवा समूहले विरोध र असहयोग गर्न थाले पछि कोइरालाले निर्णय सच्चाउँदै आएका हुन् ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव चिनकाजी श्रेष्ठले दुई दिनमा दुई वटा विज्ञप्ति जारी गरेर कोइरालाका दुई वटा त्रुटी सच्चाई दिएका छन् ।
गैर सरकारी संस्था एवं सामाजिक सेवा विभागको विशेष आमन्त्रित सदस्य बनाईएका उदयपुरका सञ्जीव थापा र प्रचार विभागमा राखिएका पत्रकार जगत नेपालको निर्णयलाई सच्चाईएको हो । दुवैलाई सदस्य पदबाट हटाईएको विज्ञप्तिमा उल्लेख छन् ।
सभापति कोइरालाले जेठ–४ केन्द्रीय विभागहरुको गठन गरेका थिए । विभाग गठन प्रक्रियामा असन्तुष्टी सार्वजनिक हुन थाले पछि कोइरालाले निर्णयमा त्रुटी भएको भन्दै सच्चाएका हुन् ।
बुधबार जारी विज्ञप्तिमा थापालाई सल्लाहाकारबाट हटाईएको उल्लेख छ ।
त्यसै गरी, पत्रकार नेपाललाई पनि सदस्यबाट हटाईएको जनाईएको छ । ‘प्रचार विभागको सदस्यमा यज्ञ नेपाल (वर्दिया) हुनु पर्नेमा प्राविधिक त्रुटिवस जगत नेपाल (वर्दिया) हुन गएकोमा सो सच्याइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

 

जेठ ६, २०७०

प्रेस विज्ञप्ति

जेठ ४, २०७० मा प्रकाशित केन्द्रीय विभागहरुको गठन सम्बन्धमा प्रकाशित प्रेस विज्ञप्तिमा प्रचार विभागको सदस्यमा यज्ञ नेपाल (वर्दिया) हुनु पर्नेमा प्राविधिक त्रुटिवस जगत नेपाल (वर्दिया) हुन गएकोमा सो सच्याइएको छ ।

चिनकाजी श्रेष्ठ
मुख्य सचिव
………………………………………..

जेठ ८, २०७०

प्रेस विज्ञप्ति

नेपाली कांग्रेसद्वारा जेठ ४, २०७० मा प्रकाशित केन्द्रीय विभागहरुको गठन सम्बन्धमा प्रकाशित प्रेस विज्ञप्तिमा गैर सरकारी संस्था एवं सामाजिक सेवा विभागको विशेष आमन्त्रित सदस्यमा प्राविधिक त्रुटिवस सञ्जीव थापा (उदयपुर) को नाम रहन गएकोमा नेपाली कांग्रेसको सो विभागमा उहा नरहनु भएको यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ ।

चिनकाजी श्रेष्ठ
मुख्य सचिव

प्रतिक्रिया