सहकारीमा दण्डहीनता मौलाउँदै छ: बाँस्कोटा

krishnahariकाठमाडौं, ८ जेठ । मन्त्रिपरिषदका सचिव कृष्णहरि बाँस्कोटाले दण्डहीनताका कारण सहकारी क्षेत्रमा समस्या बढ्दै गएको बताएका छन् ।
मिडिया इन्टरनेसनलले आज (बुधबार) काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सचिव बाँस्कोटाले देशमा धेरै सहकारी भएकाले व्यबस्थित गर्नुपर्ने चुनौती थपिएको बताए । ‘सहकारीहरु सिद्धान्तमा अडिक रहेर अघि बढ्न नसके समस्या थप जटिल हुन्छ,’ उनले भने ।
उनले सहकारीहरुलाई व्यवस्थित र मर्यादित बनाउन राज्य नचुक्ने बताए ।

प्रतिक्रिया