व्यापारिक प्लट खाली गराइँदै

मोरङ : विराटनगर उपमहानगरपालिकाले गुद्री बजारमा रहेको आफ्नो व्यापारिक क्षेत्र ‘बी’ प्लट खाली गराउन सफल भएपछि नजिकै रहेको ‘ए’ प्लटलाई पनि खाली गराउन सूचना जारी गरेको छ ।
उपमहानगरपालिकाले वर्षौदेखि न्यूनतम राजस्वसमेत नबुझाई कब्जा जमाएर व्यापार गर्दै आएका व्यापारीलाई ३५ दिने सूचना जारी गरेर ५ जेठमा ‘बी’ प्लट डोजर लगाएर खाली गराउन सफल भएपछि ‘ए’ प्लट पनि भत्काउन सूचना जारी गरेको हो ।
व्यापारीहरूले आगामी ११ असारमा ‘ए’ प्लट खाली गरिसक्नुपर्नेछ । अटेर गरेमा स्थानीय स्वायत्त शासन ऐन, ०५५ एवं नियमावली ०५६ बमोजिम टहराहरू भत्काइने नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।
विराटनगर उपमहानगरपालिकाभित्र व्यस्त बुधहाट चौकमा ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चारवटा व्यापारिक प्लट छन् । नपाले ‘सी’ प्लटमा मात्रै आधुनिक व्यापारिक भवन निर्माण गरेको छ । अरू प्लटहरूमा वर्षोदेखि टहरा र साना भवन बनाएर व्यापारीहरूले कव्जा जमाउँदै आएका छन् ।
नगरपालिकाले खाली गराइएका प्लटमा तत्काल सवारीसाधन स:शुल्क पार्किङको व्यवस्था गरिने र पछि आधुनिक व्यापारिक कम्प्लेक्स निर्माण गर्ने योजना सार्वजनिक गरेको छ ।
उपमहानगरपालिकाको आम्दानी वृद्धि गर्न र नगरलाई व्यवस्थित गर्न धमाधम व्यापारिक प्लटहरू खाली गर्न थालिएको उपमहानगरकापालिकाका
कानुन अधिकृत विनोद
कोइरालाले बताए ।

प्रतिक्रिया