गर्भवतीलाई झुल वितरण

डडेल्धुरा : जिल्लाको भित्री मधेस क्षेत्रको आलिताल गाविसका गर्भवती महिलालाई सोपानेट झुल वितरण गरिएको छ । सोमबारसम्म आलिताल गाविसका वडा नं. १ देखि ८ सम्मका सबै टोलका गर्भवती महिलालाई ७ सय ४३ झुल स्वास्थ्यचौकी आलितालमार्फत वितरण गरिएको गाविस सचिव कृष्णदत्त जोशीले बताए । ०७० जेठ ६ गतेसम्म आलिताल गाविसमा ७ हजार १ सय १७ सोपानेट झुल नि:शुल्क वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी आलिताल उपशाखाले जानकारी दिएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको कार्यक्रम ग्लोबल फन्डको सहयोग तथा पिएसआई नेपालको आयोजनामा नेपाल रेडक्रस सोसाइटी आलिताल उपशाखा डडेल्धुराले नि:शुल्क सोपानेट झुल वितरण गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डडेल्धुराका सभापति सुरेन्द्र ऐरले बताए ।

प्रतिक्रिया