महिला हिंसाका उजुरी बढे

डडेल्धुरा : जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा पछिल्लो समयमा महिला हिंसाका घटनामा उजुरी हुने क्रम बढेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा प्रत्येक महिना महिला हिंसाका घटना बढ्दै गएको एक तथ्यांकले देखाएको छ । ०६९ चैतमा ९, ०७० वैशाखमा १० र जेठ ७ गतेसम्म मात्रै ५ वटा महिला हिंसाका निवेदन प्रहरीमा दर्ता भएका छन् । दर्ता भएका निवेदन पतिले मदिरा सेवन गरी कुटपिट गरेको रहेका छन् । जिल्लामा भइरहेको अनियन्त्रित मदिरा बिक्री–वितरणका कारण महिला हिंसाका घटनामा वृद्धि भइरहेको प्रहरीले जनाएको छ । ०६९ साउनदेखी ०७० वैशाखसम्म मात्रै ९७ महिला हिंसाका उजुरी प्रहरीमा दर्ता भएका छन् । महिला हिंसाका घटना नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाए पनि बेरोजगारी र सामाजिक कुरीतिले गर्दा पूर्णरूपमा नियन्त्रण गर्न नसकिएको डिएसपी कृष्ण प्रसार्इंले बताए ।

प्रतिक्रिया