सबै दल मिलेर मुलुकलाई निकास दिनु पर्छ

Sushil Koiralaपोखरा, ७ जेठ । कांग्रेस सभापति सुशील कोइरालाले मुलुकलाई सबै दलहरु मिलेर राजनीतिक निकास दिनुपर्ने दोहर्‍याएका छन् ।
पोखरामा आज (मंगलबार) पत्रकारसँग कुरागर्दै कोइरालाले चार ठूला दलले मात्रै मुलुकलाई निकास दिन नसक्ने बताए । ‘चार ठूला दलले मात्रै मुलुकलाई निकास दिन सक्दैनन्,’ उनले भने, ‘आन्दोलनरत दलहरुलाई पनि समेट्नु पर्छ ।’
उनले नेकपा–माओवादीसहितका आन्दोलनरत दलका माग वार्ता मार्फत समाधान गर्न सकिने बताए ।
यसैबीच, कोइरालाले कांग्रेसमा विभाग गठनलाई लिएर देखिएको असन्तुष्टिप्रति चिन्ता जनाएका छन् । उनले विभाग गठनको निर्णय अब सच्चाउन नसकिने बताए ।

प्रतिक्रिया