पूर्वसभासद हत्याको विरोधमा सिरहामा पनि प्रदर्शन

सिरहा, ७ जेठ । सप्तरीका पूर्वसभासद सदरुल मियाँको हत्याको विरोधमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले सिरहामा प्रदर्शन गरेको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजारमा फोरम लोकतान्त्रिकका कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन् । हत्या गरिएका पूर्वसभासद मियाँलाई सहिद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपुर्ति दिनुपर्ने र हत्यारालाई कानुनको दायरामा ल्याई कडा कारबाही गर्नुपर्ने माँग राख्दै लोकतान्त्रिकका कार्यकर्ताहरुले राजमार्ग अवरुद्ध गरेका छन् ।

दिउँसो १ बजेदेखि ५ बजेसम्मका लागि राजमार्ग अवरुद्ध गरिएको लोकतान्त्रिकका जिल्ला अध्यक्ष रामचलितर साहले बताएका छन् । उनले माग पुरा नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । राजमार्ग अवरुद्ध भएपछि लामो तथा साना दुरीका सयौं सवारी साधन र यात्रुहरु अलपत्र परेका छन् ।

सप्तरीको कल्याणपुर २ घर भएका पूर्व सभासद मियाँको घाटी काटेर अज्ञात समूहले गएराति हत्या गरेको छ । मियाँ संविधान सभा निर्वाचनमा सप्तरी क्षेत्र नंम्बर ५ बाट स्वतन्त्र उम्मेदवार बनेर निर्वार्चित भएका थिए ।

 

प्रतिक्रिया