पूर्वसभासद मोहम्मद सद्रुलको हत्या

Sadrul Minya Hakराजविराज, ७ जेठ । संविधान सभाका पूर्व सभासद सप्तरी निवासी सद्रुल मियाँ हकको हत्या भएको छ । आज बिहान ८ बजे कल्याणपुर २ स्थित उनकै पेट्रोल पम्प नजिक मृत शव फेला परेको हो । ६०  बर्षीय मृतक हकको जीउभरी धारिलो हतियारले छिया छिया हुने गरि घाउ छन् भने घा“टी रेटिएको अवस्थामा शव भेटिएको हो ।

आईतवार राति स्थानीयवासी तथा उनका साथी रामेश्वर साहकी छोरीको बिहे भोजमा सहभागि भएर करीव २ वजे कल्याणपुर २ स्थित हुमा पेट्रोल पम्पकै एक कोठामा उनी सुतेका थिए । स २ प ८५८३ नम्वरको मोटरसाईकलमा आएका हकको हत्या कसले र किन गर्‍यो भन्ने विषयमा छानविन भईरहेको प्रहरीले जनाएको छ ।
कल्याणपुर २ मै स्थायी घर भएका हक समयमा घर नआएपछि उनको खोजतलास गर्दै परिवारका सदस्य बिवाह स्थलमै पुगेका थिए । तर, उनलाई त्यहा नभेटे पछि पेट्रोल पम्पमा जादा घाँटी रेटेर मारेको अवस्थामा उनको शव फेला परेको थियो । कोठाका सबै झ्याल खुल्लै अवस्थामा रहेका कारण झ्यालबाटै छिरेर उनको हत्या गरिएको आशंका गरिएको छ । हालसम्म प्रहरी प्रशासनले कसैलाई पनि नियन्त्रणमा लिन सकेको छैन ।
यसैबीच हत्याको विरोधमा स्थानीयवासीले पुर्वपश्चिम राजमार्ग बन्द गराउदै प्रदर्शन गरिरहेको छन् । गृहमन्त्री नआएसम्म शव नउठाउने उनीहरुको माग छ । सदरमुकाम राजविराजमा समेत जिल्ला प्रहरी कार्यालय लगायतका विभिन्न स्थानमा यूवाहरुले प्रदर्शन गरिरहेका छन् । राजविराज बजार बन्द गरिएको छ । सप्तरीका राजनितिक दलका नेता, प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेल, प्रहरी उपरीक्षक सञ्जय सिंह बस्नेत लगायतको टोली घटनास्थलमा पुगेको छ । प्रदर्शनकारीले प्रहरी उपरीक्षक बस्नेतको गाडीमा समेत ढुङ्गामुढा गरेका छन् । प्रदर्शनकारीका ढुङ्गा लागेर सशस्त्र प्रहरीका असई दिपेन्द्र भुजेल र जवान रमेश थापा घाईते भएका छन् । पाच दाजुभाई मध्ये जेठा पुर्वसभासद हकका श्रीमती, २ छोरा र ३ छोरी छन् । परिवारका सबै सदस्य अहिले अचेत अवस्थामा रहेको घटनास्थलमा रहेका मानवअधिकारकर्मी जंगवहादुरसिंहले जनाएका छन् । पेट्रोल पम्प, सःमिल, ईट्टाभट्टा लगायतका विभिन्न उद्योग सञ्चालन गरेर बस्दै आएका पूर्वसभासद हक संविधान सभाको निर्वाचनमा सप्तरी क्षेत्र नं ५ वाट स्वतन्त्र उमेद्वारका रुपमा निर्वाचित भएका थिए ।

 

प्रतिक्रिया