बौद्ध सम्मेलन सातदिन

काठमाडौं :  स्वयम्भूस्थित आनन्दकुटी विहारमा ११ जेठदेखि बौद्ध सम्मेलन हुने भएको छ । बुद्ध जयन्ती समारोह समितिले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी २५५७औँ बुद्धजयन्तीको अवसरमा सम्मेलन हुन लागेको जानकारी दिएको हो ।  सम्मलेलनमा दिइएको जानकारीअनुसार साताव्यापी रूपमा मनाइने बौद्ध सम्मेलनको उद्घाटन अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया