पोखरीमा डुबेर बालकको मृत्यु

दैलेख, ४ जेठ । दैलेखको नारायण नगरपालिका वडा नं. ८ तर्ताङमा सिचाईपोखरीमा खसेर एक बालकको ज्यान गएको छ ।

घरमा कोही नभएको अबस्थामा ८ वर्षीया बालक उत्तम खत्रीको पोखरीमा डुबेर मृत्यु भएको हो । सिचाईपोखरी नजिक खेल्दै गर्दा खत्री पोखरीमा खसेका थिए । उद्धार गर्ने कोही मान्छे नभएपछि डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दैलेखमा राखिएको छ ।

प्रतिक्रिया