निर्वाचनमा थ्रेस होल्ड चाहिन्छ : रायमाझी

Top-Bd-Rayamajhi-1काठमाडौं, ४ जेठ । एकीकृत नेकपा माओवादी स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले थ्रेसहोल्डको व्यवस्थासहितको अध्यादेश जारी हुनुपर्ने बताएका छन् ।
आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा रायमाझीले थ्रेसहोल्डको व्यवस्था नभए दलीय राजनीतिमा दूरगामी नकारात्मक असर पर्ने तर्क गरे । उनले भने, ‘थ्रेसहोल्ड चाहिन्छ, नत्र गम्भीर समस्या आउँछ ।’ पार्टी शीर्ष नेताहरुले थ्रेस होल्डको विरोध गरिरहेका बेला रायमाझीले व्यक्तिपिच्छे पार्टी खुल्न नहुने मान्यताका साथ चुनावी व्यवस्था अनिवार्य रहेको बताए ।
संविधानसभा सदस्य संख्या ४९१ भन्दा बढी हुन नहुनेमा उनको जोड थियो । ‘कसैले बहिष्कार गर्दैमा चुनाव रोकिन्न ।’ रायमाझीले भने, मंसिर पहिलो साता निर्वाचन हुन्छ, ढुक्क हुनुस् । राष्ट्रपति डा.रामवरण यादव र वर्तमान सरकारको चुनाव नगराउने नियत हुनसक्ने आशंका गर्दै रायमाझीले चुनाव नगरिए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी समेत दिए ।

प्रतिक्रिया