गोल्डेन गेट र प्राइम विजयी

basketball-photoकाठमाडौं : गोल्डेन गेट कलेज र प्राइम कलेज प्रथम विश्वविद्यालय बास्केटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोल्डेनले काठमाडौं इन्जिनियरिङ कलेजलाई ७२–३२ ले पराजित गरेको हो । प्राइमले सफ्टवेरिकालाई ६४–४७ ले पराजित गर्‍यो । गोल्डेन गेटका विकास डंगोलले २५ र प्राइमका सिद्धार्थ महर्जनले आफ्नो टिमको लागि २८ स्कोर गरेका थिए ।
यसैगरी शुक्रबारै सम्पन्न अर्को खेलमा ब्रिटिस गोर्खाले कान्तिपुर इन्जिनियरिङ कलेजलाई ६३–१८ को विशाल अन्तरले पराजित गर्‍यो । ब्रिटिस गोर्खाका लागि विकास गुरुङले १८ स्कोर गरेका थिए । शनिबार हुने क्वार्टरफाइनलमा ह्वाइट हाउसले गुरुकुलको सामना गर्नेछ भने गोल्डेन गेटले ब्रिटिस गोर्खाको सामना गर्नेछ । (सौस)

प्रतिक्रिया