काठमाडौंमा १६ किलो अबैध सुन बरामद

goldकाठमाडौं , २ जेठ । काठमाडौंको जोरपाटीबाट प्रहरीले १६ किलो अबैध सुन सहित चार जनालाई पक्राउ गरेको छ ।
गोप्य सूचनाका आधारमा प्रहरीले जोरपाटी–६, फुली लामाको घरमा डेरा गरी बसेका ब्यक्तिहरुको कोठामा छापामारेर आज बिहीबार सुन बरामद गरेको हो ।
सुनसहित पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला तातोपानी–९ का ५५ बर्षीय नाम्गेल शेर्पा, ३० बर्षीय सानु शेर्पा, २६ बर्षीय साने शेर्पा र १९ बर्षीय सोनाम शेर्पा रहेका छन् ।
उनीहरुले सिन्धुपाल्चोकको तातोपानीबाट काठमाडौंतर्फ अवैध रुपमा सुन लुकाई छिपाई ल्याएर विक्री गर्ने गरेको सूचनाका आधारमा छापामारेको प्रहरी भनाई छ ।
उनीहरुले गलाएको प्रत्येक जुत्ताबाट २/२ पिसका दरले सुन बरामद भएको थियो ।
यसैबीच, प्रहरीले काठमाडौंको कुलेश्वरस्थित राजु भोजनालयबाट अवैध भारतीय रुपियाँसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत मोतिहारी घर भएका २८ बर्षीय सञ्जय प्रसाद गुप्ता र भारत विहार घर भएका ३२ बर्षीय कमलेश ठाकुर रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले अवैध भारतीय रुपियाँ १ हजार दरको र ५ सय दरको गरी ३ लाख ४० हजार रुपियाँ बरामद गरेको हो ।
त्या

प्रतिक्रिया