जीप दुर्घटनामा आठ घाईते

Ilamइलाम, २ जेठ । मेची राजमार्ग अन्र्तगत इलामको कोल्बुङ–१ हाँसपोखरीमा जीप दुर्घटना हुँदा आठ जना यात्रु घाइते भएका छन् ।
पाँचथरको फिदिमबाट झापाको विर्तामोडतर्फ गईरहेको मे १ ज ४२९ नम्बरको जीप आज बिहान दुर्घटना भएको हो । जीपमा सवार दुई महिलासहित आठ यात्रु घाईते भएका छन् । घाइतेहरुमध्ये एक महिला र दुई पुरुषको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी इलामले जनाएको छ । घाईतेहरुको नाम र ठेगाना भने प्राप्त भई नसकेको प्रहरी निरीक्षक विजय श्रेष्ठले बताए ।
घाईते सबैलाई झापाको कन्काई र मनमोहन अस्पतालमा उपचारका लागि पठाईएको छ । तीब्र गतिमा रहेको जीप सडकबाट करिब २० मिटर तल झरेको प्रत्यक्षदर्शी उज्वल गिरीले बताए । घाईतेहरुलाई स्थानीयले उद्वारपछि उपचारका लागि झापातर्फ पठाएका थिए ।

प्रतिक्रिया