मन्त्रालयद्धारा छानविन समिति गठन

भैरहवा, १ जेठ । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीमा भएको यौन हिंसा सम्बन्धि घटनाको छानविन गर्न स्वास्थ्य मन्त्रालयले दुई सदस्यीय छानविन समिति गठन गरेको छ ।
मन्त्रालयका उपसचिव रामचन्द्र अधिकारीको संयोजकत्वमा शाखा अधिकृत कमल ज्ञवाली सदस्य रहेको छानविन समिति गरेको हो । समितिलाई दुई दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।
आफ्नै कार्यालयका प्रमुखद्धारा पटक पटक आफुमाथी यौनहिंसामा परेको भन्दै सोही कार्यालयमा अधिकृत तहमा कार्यरत मोहनतारा पछाईले प्रहरीमा उजुरी दिएकी थिइन् । अधिकृत पछाईले कार्यालय प्रमुख महेश्वर श्रेष्ठले यौन प्रस्ताव राख्ने गरेको र सो प्रस्ताव नमान्दा विभिन्न बहाना बनाई दुखः दिने गरेको आरोप लगाएकी छिन् ।

प्रतिक्रिया