पल्सर अवार्ड असार तेस्रो साता

काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको पल्सर स्पोर्टस अवार्ड वितरण कार्यक्रम यस वर्ष आगामी १८ असारमा गर्ने भएको छ । विश्व खेलकुद पत्रकार दिवसको दिन पारेर मञ्चले उक्त कार्यक्रम गर्न लागेको हो ।
यो वर्ष आयोजना हुने स्पोट्र्स अवार्डमा ८ विधा रहने छन् । जसमा पल्सर वर्षको उत्कृट पुरुष खेलाडी, पल्सर वर्षको उत्कृष्ट महिला खेलाडी, पल्सर वर्षको उत्कृष्ट युवा खेलाडी, पल्सर वर्षको उत्कृष्ट प्रशिक्षक, पल्सर वर्षको उत्कृष्ट पारा एथलिट, लाइफटाइम एचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड र पल्सर पपुलर प्लेयर अफ द इयर रहेका छन् ।
स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड र पल्सर वर्षको उत्कृष्ट पारा एथलिटको घोषणा  कार्यक्रमका दिन अर्थात् असार १८ गते नै हुनेछ भने अन्य पाँच विधामा पाँच–पाँच खेलाडीको मनोनयन गरिनेछ र एकलाई पुरस्कृत गरिनेछ । खेलाडीको मनोनयन पनि चाँडै सार्वजनिक गरिने मञ्चले जनाएको छ । पपुलर खेलाडीको विजेता एसएमएस भोटिङको आधारमा घोषणा गरिनेछ । सवै विधाको मनोनयन मञ्चले सचिव प्रकाश तिमल्सिनाको संयोजकत्वमा गठन गरेको सात सदस्यीय छनो ट समितिले सार्वजनिक गर्नेछ ।
गत वर्ष पल्सर वर्षको उत्कृष्ट पुरुष खेलाडी,  महिला खेलाडी र वर्षको चर्चित खेलाडीलाई पल्सर मोटरसाइकल प्रदान गरिएको थियो भने अन्य विजेतालाई ट्रफी, उपहार र ३० हजार रुपियाँ प्रदान गरिएको थियो । यसपटक पुरस्कारमा वृद्धि गर्ने सोच राखेको मञ्चले जनाएको छ ।
हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिको अटोमोबाइल ब्रान्ड पल्सरले यसपटक पनि स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकको रूपमा पल्सर मोटरसाइकल प्रदान गर्नेछ । चार वर्षयता उक्त कम्पनीले यस प्रायोजन गर्दै आएको छ ।
मञ्च र हंसराज हुलासचन्द एन्ड कम्पनीको सहकार्यमा हुने यस स्पोर्टस अवार्डको नाम विगतका वर्षमाभैँm ‘पल्सर स्पोट्र्स अवार्ड’ रहनेछ । (सौर्य)

प्रतिक्रिया