स्वास्थ्यकर्मी संघको महाधिवेशन

काठमाडौं : नेपाल स्वास्थ्यकर्मी संघको छैठौँ महाधिवेसन पोखरामा हुने भएको छ । ४ जेठदेखि दुई दिन पोखराको सभागृहमा हुने महाधिवेशनले चार वर्षको लागि नयाँ नेतृत्व चयन गर्ने संघले जनाएको छ ।
महाधिवेसनमा सात सय ५० प्रतिनिधि सहभागी हुने संघका उपमहासचिव दीपक मुडभरीले जानकारी दिए । मुडभरीका अनुसार महाधिवेशनका लागि संघले सबै तयारी पूरा गरिसकेको छ । कांग्रेस सभापति सुशील कोइरालाले महाधवेशन उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । महाधिवेशनबाट संघले स्वास्थ्यकर्मीको पेशगत वृत्ती विकाससँगै सांगठानिक विकासको योजना तथा कार्यक्रम तयार गर्नुका साथै चार वर्षका लागि ८५ सदसीय नयाँ कार्यसमिति चयन गर्ने मुडभरीले बताए । (सौस)

प्रतिक्रिया