बलात्कारको आरोपमा बालक पक्राउ

balatkarबर्दिया, ३१ वैशाख । सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुलरिया नगरपालिका–४ खैरी  बस्ने एक बालक पक्राउ परेका छन् । गत शुक्रबार छिमेकी बालिकालाई बलात्कार आरोपमा बालक पक्राउ परेका हुन् । बहिनीसँग आफ्नो घर खेल्न आएका बेला बहिनीलाई पानी लिन पठाइ घरभित्र लगेर जबरजस्ती करणी गरेको पीडित बालिकाले बताएकी छन् । बलात्कारपछि बालिकाको यौनांगबाट अत्यधिक रक्तस्राव भएकाले घटनाको खुलासा भएको थियो । घटानालगत्तै परिवारले जिल्ला प्रहरी कार्यालय बर्दियामा उजुरी दिएका थिए । घटना भएलगतै घटनास्थल पुगेको प्रहरीले बालकलाई पक्राउ गरेको थियो । बलात्कारी नाबालक भएका कारण नाम र उमेर गोप्य राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडित बालिकालाई जिल्ला अस्पताल बर्दियामा उपचारपश्चात् अभिभावकको जिम्मा लगाइएको छ भने पीडकलाई जिल्ला प्रहरी कार्यालय बर्दियामा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रियाअगाडि बढाइएको प्रहरी नायब उपरीक्षक यमुना रजकले बताए । गत वर्षको तुलनामा यस वर्ष बर्दिया जिल्लामा जबरजस्ती करणीका घटना बढ्दै गएका छन् । (सौस)

प्रतिक्रिया