दुर्घटनामा एकको ज्यान गयो

Ilamइलाम, ३० वैशाख । इलामको जोगमाईमा ट्याक्टर दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । चालकसहित अन्य तीन जना गम्भीर घाईते भएका छन् ।
वनबाट दाउरा लिएर आउदै गरेको मे १ त २१०३ नम्बरको ट्याक्टर जोगमाइ–५ स्थित सर्सिङे भन्ने ठाउँमा आज दिउँसो दुर्घटना हुदा स्थानीय १६ वर्षीय मिङ्मा शेर्पाको ज्यान गएको हो । शेर्पाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी ट्याक्टर चालक फिक्कल इलामका मिलन राई, सोही ठाउँका सहचालक बिमल सुब्बा र स्थानीय प्रताप राई गम्भीर घाइते भएका छन् । उनीहरुको झापाको विर्तामोडस्थित कन्काई अस्पतालमा उपचारमा भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
उकालो बाटोमा अचानक ब्रेक फेल भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । ट्याक्टर सडकबाट करीब ५० मिटर तल खसेको थियो ।

प्रतिक्रिया