लर्ड बुद्धद्वारा विद्यार्थीलाई

काठमाडौं, ३०  वैशाख । मैतिदेवीस्थित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले विद्यार्थीलाई कलेजका तर्फबाट रोजगारीको व्यवस्था गर्न थालेको छ ।
फाउन्डेसनले पढाइ सकिसकेका र अध्ययनरत विद्यार्थीलाई कलेजमै रोजगारदाता कम्पनीलाई बोलाई रोजगारीको व्यवस्था गर्न पहल थालेको हो । रोजगारदाताले कलेजमा आई आवेदन माग गर्ने र शिक्षकसँग मूल्यांकन गरी छनोट गर्ने भएका छन् । जसका लागि फाउन्डेसनले एक दिने प्लेसमेन्ट कार्यक्रम पनि सम्पन्न गरिसकेको छ ।
विद्यार्थीहरू रोजगारीका लागि भौँतारिनुपर्ने भएकाले कलेजबाटै रोजगारीको व्यवस्था गर्न लागिएको फाउन्डेसनका कार्यकारी निर्देशक पंकज जलानले जानकारी दिएका छन् । देशमै पहिलोपटक कलेजबाटै यसरी विद्यार्थीलाई रोजगारीको व्यवस्था गर्न थालिएको जलानले बताए । फाउन्डेसनका अनुसार प्लेसमेन्ट कार्यक्रममार्फत आइटी, हाइड्रोपावर, बैकिङ, एड एजेन्सी, ट्रेडिङलगायत ३० क्षेत्रमा १ सय ५० विद्यार्थीले आवेदन दिएका थिए  । रोजगारदाताले दक्ष जनशक्ति नपाउने र दक्ष जनशक्तिले पनि आ योग्यताअनुसारको रोजगारी नपाउने अवस्था रहेकाले यस्ता कार्यक्रमबाट दुवै पक्षलाई मद्दत पुग्ने जलानले बताए ।
फाउन्डेसनले कम्प्युटर साइन्स, म्यानेजमेन्ट एन्ड जर्नालिजम, बायोटेक्नोलोजी र स्कुल अफ फेसन टेक्नोलोजी विषयमा कक्षा सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया