विश्व टेबलटेनिसमा नेपाल

काठमाडौं :    लिबहार विश्व टेबलटेनिस च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले भाग लिने भएका छन् । एक/एक पुरुष र महिला खेलाडीले १३ देखि ३० सम्म फ्रान्सको पेरिसमा हुने विश्व च्याम्पियनसिपमा भाग लिन लागेका हुन् ।
प्रतियोगिताको पुरुष एकलमा अजय सुवाल र महिला एकलमा नविता श्रेष्ठले सहभागिता जनाउनेछन् । उनीहरूले मिक्स डबल्समा पनि प्रतिस्पर्धा गर्नेछन् । दुवै खेलाडी शीर्ष वरीयताका हुन् । खेलाडी शनिबार आयोजनास्थल पेरिस प्रस्थान गर्नेछन् ।
उक्त प्रतियोगितामा सहभागी हुन समान ३/३ पुरुष/महिला खेलाडीका साथै एक व्यवस्थापकको प्रवेशाज्ञाका लागि आवेदन गरिएकोमा अजय र नविताको मात्र स्वीकृत भएको अखिल नेपाल टेबलटेनिस संघले जनाएको छ ।
टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव युवराज लामाले शुक्रबार बिदाइ गरे । (सौस)

प्रतिक्रिया