व्यावहारिकता

kishan-thapa-'Adheer'अवश्य । सबैलाई अप्ठ्यारो पारिरहेको थियो, लोडसेडिङले तर यस जोडीलाई भने फाइदा पुगिरहेको थियो । त्यसैले उत्सुकता र तन्यमन्यताका साथ यी दुईले लोडसेडिङको आनन्द उठाइरहेका थिए ।
नेपाल खाल्डोमा लोडसेडिङको मौसम अपार जोडदारका साथ चलिरहेको थियो । सराप्नेहरू छँदै थिए, स्याबासी अलाप्नेहरू पनि अब देखिए ।
केटो साँझ पर्नासाथ केटीको टोलमा देखिन्थ्यो । मौका पाउनासाथ केटीका घरको कम्पाउन्डमा छिथ्र्यो, पर्खाल नाघेर । घरपछाडि लगभग एकान्त थियो । केटीले आफ्नो सुविस्ताका लागि मिलाएकी थी ।
त्यता निक्लन सुविधा हुने कोठा नै आफूले लिएर केटीले दुवै हातमा लड्डु पक्रेकी थी । त्यो कोठा अलि अँध्यारो र चिसो थियो, स्वभावत: त्यसमा घरका अन्य सदस्यलाई रुचि हुने कुरै भएन । घरकी यही छोरी निक्ली जो घरको कोठा त्यसै खेर जान दिइरहेकी थिइन् । अत: घरमा विशेष प्रशंसा कमाउने भइहाली । यता आफ्नो प्रेमीबाट पनि विशेष सम्मान पाइरहेकी थी ।
भेट्ने भनेको दिन केटी आफ्नो कोठामा पहिल्यै एक घन्टादेखि पढेर बस्थी । आमाबाबुलाई ढुक्क हुन्थ्यो, हाम्री छोरी सोझी छे । पढिबस्छे । घरको समस्या पनि बुझ्छे । अरूका छोरीजस्तो यो ल्याइदेऊ, त्यो ल्याइदेऊ भनेर सताइरहन्न । सम्भवत: यसले केटो अझै पाएकी छैन क्यारे † यस्तो–उस्तोमा लाग्ने खालकी त अझै देख्दिनँ ।
यसरी कमाएको घरको विश्वास छोरी घरपछाडि गएर उपयोग गर्थी ।
—‘आज कति ढिलो निस्केकी ?’ केटो भेट्नेबित्तिकै भन्थ्यो, आज पनि भन्दै थियो ।
—‘अँ…। …ह्याँ आफूलाई कस्तो गाह्रो हुन्छ ।’ असमञ्जसको भावमा केटीले भनी ।
—‘मिसकल गर्नलाई मोबाइल पनि अफ राखिछौ त ।’
—‘चार्ज गर्नै पाइनँ नि †’
—‘दिउँसै गरिनौ ?’
—‘दिउँसो आफू आज घरमा भए पो ।’
—‘कहाँ गएकी थियौ त ?’
—‘सबै किन चाहियो नि तिमीलाई ?’ केटी झर्की ।
केटाले अलि चिसो अनुभूत गर्‍यो, कतै यो भिन्न हुँदै त छैन ?
केटो चुप देखेर केटीले नै भनी, ‘निर्जलाको घर गएकी थिएँ । ऊ बिरामी रहिछे अनि ।’
केटो हाँस्यो, कुन्नि किन ।
—‘किन हाँस्या ?’
—‘त्यसै ।’ मुस्काउँदै केटाले भन्यो ।
—‘अनि त्यसै पनि हाँस्न पाइन्छ ?’
—‘कति फि तिरूँ, लौ भन त ?’
—‘तिर्नू नि जति मन लाग्छ…।’
—‘यसरी हामी कतिन्जेल मिल्ने हगि ?’ केटो केही गम्भीर देखियो ।
—‘त्यै त…यति निस्कन पनि उहाँ आफूलाई…।’ केटी रहस्य छर्दै थी ।
—‘किन र के भो ?’ केटो अलि सशंकित देखियो ।
—‘तिमी केटाहरूलाई पो केही छैन…हामीलाई त गाह्रो हुन्छ नि † घरकै कम्पाउन्डमा निक्लन पनि…कति मिलाउनुपर्छ ।’
—‘मचाहिँ उहाँदेखि यहाँ आएँ यति अँध्यारोमा…तिमी भने …।’
केटी ठुस्की—‘कति गाह्रो छ बिचरालाई…च्वँ, च्वँ । बरु अबदेखि नभेटौँ, ल ?’
—‘हुन्छ नि त ।’ केटाले बाहुमा बेर्दै भन्यो ।
—‘छया, के गर्‍या ? अर्काकी छोरीलाई एक्लै–दुक्लै पायो कि यी केटामान्छेको जात…।’
—‘अब यसरी भेट्ने दु:ख–कष्ट हटाऔँ भनेको नि †’ त्यसपछि ओठ केटीको गालामा टसाउँदै सुस्तरी भन्यो—‘आजै जाने हो मेरोमा ?’
—‘ओहो…क्या सजिलो † अर्काकी छोरीलाई यसरी भेटेर लैजाने…†’
—‘कसरी लैजाउँm, भन न त ?’
घरको झ्याल खोलेर कोही खोकेको आवाज आयो । दुवै एक्कासि चुप भए । केटीले केटालाई भित्तातिर तानी ।
झ्याल फेरि बन्द भयो ।
—‘अस्ति तिमीलाई बाबाले देखिस्या थियो जस्तो छ…। हाम्रो कम्पाउन्डबाट को हो निक्लेको जस्तो लाग्यो भन्दै होइसिन्थ्यो ।’
—‘हजुरकै ज्वाइँ हो, भनिदिन पर्दैनथ्यो त ?’
—‘जाऊ…अब भयो । जान्छु भित्र । भुजा खाने बेला पनि भयो ।’
—‘कति सेलफिस हुन्छन् यी केटीमान्छेको जात । मचाहिँ भोकभोकै जाउँm ?’
यसपल्ट केटी मुस्काउन थाली—‘पाइसक्यौ नि अमृत…।’
—‘साँच्चै † तिमीलाई भन्नै बिर्सन लाग्या झन्डै ।’
—‘तिमी त…तिमी नै भइहाल्यौ नि, जे पनि बिर्सने ।’
फेरि नजिकिँदै केटाले भन्यो—‘के गरूँ…तिमीलाई अगाडि देखेपछि सबै कुरा बिर्सन्छु ।’
—‘उफुफुफु….। चेपारो पार्न पर्दैन क्या…थाहा छ हामीलाई पनि…केटामान्छेको जाल ।”
—‘अँ…आपैँm जालले तानेर मलाई यहाँ ल्याउने…ल भइहाल्यो, दीपिन र स्वस्तिकाले त बजाउने भएछन् नि यसपालि ब्यान्डबाजा ।’
—‘हो र ?’
—‘घरकाहरूलाई थाहा रहेछ यसरी नै भेट्ने गरेको ।’
—‘कतै हाम्रो पनि…।’
—‘भए त राम्रो हुन्थ्यो नि । उनीहरूबाटै सिकेका त हौँ हामीले पनि ।’
—‘उस््…उसलाई चैँ…हाम्रो पनि घरले थाहा त पाइरहेका छैनन् ? उसो भए तिमी गइहाल ।’
—‘लौ † उसलाई चाहिँ जानै हतार ।’ खल्तीबाट रिचार्ज कार्ड झिकेर दिँदै भन्यो—‘सुत्ने बेला तिम्रो स्वर सुन्न पाउँm ।’
—‘आज सुन्न पाउँछौ ।’ हतारिँदै भित्र पसी ।
केटो बाबुको पसलमा कहिलेकाहीँ सघाएझैँ गथ्र्यो । रिचार्जकार्ड फुत्त खल्तीमा राख्थ्यो । सुटुक्क केटीलाई दिन्थ्यो । दिएपछि ठूलो छाती फुलाउँथ्यो । केटो दिइरहन्थ्यो, केटी लिइरहन्थी । केटो त्यसैमा सुमेरु पर्वत बोकेको बहादुरी सम्झन्थ्यो । केटी सम्झन दिइरहन्थी ।
आज पनि सम्झन थाल्यो । यही बहादुरीको तोडमा नाघ्नलाई पर्खालतिर जान लागेको के थियो, माथि बार्दलीबाट आवाज आयो—‘को त्यो ?’ वृद्ध आवाज थियो ।
अब पर्‍यो फसाद । हजुरबुवा पड्कन थाल्दै थिए—‘को त्यो भन्या ? ए…चोर । चोर ।’
अब के गर्ने झ् उसलाई अप्ठेराको आँधी एकैचोटि सुरु भएजस्तो लाग्यो ।
भित्र त्यस्तै भयो । केटीलाई गाह्रो भयो, थाहा पाइसकेकी थी, बाहिरको कुरा । थाहा नपाएझैँ गर्नु पनि कसरी, ढोका खोलेर प्रेमीलाई लुकाउनु पनि कसरी । के गर्ने, के नगर्ने ।
हजुरबुवा हल्लै मच्चाउन थाले । घरभित्रबाट अन्य सदस्य बाहिर दौड्दै आउन थाले ।
एक किसिमको रमिता नै भयो । जेसुकै पर्ला, समातिनु झन् ठूलो संकट, सोचेर केटाले पर्खाल फुत्त नाघिदियो ।
घरभित्र ‘भाग्यो–भाग्यो’ भन्ने आवाज जसै आयो, त्यसैमा केटीले राहतको लामो सास तानी ।
केरकार छँदै थियो । को हो, यहाँ किन ?
यी सबैमा त केटीले ढुक्कैले ‘मलाई थाहा छैन’ भनेर आफूलाई छलाउन सकी, तर हजुरबुबाले ‘तल गुनगुन आवाज पनि सुनेको थिएँ’ भनिदिएपछि साह्रै भो ।
‘अब पर्खाल बढाउनुपर्ने भयो’ घरको निर्णय भयो । केटीले केही प्रतिक्रिया जनाइन । पहिला पर्खाल बढाउने कुरा आयो कि ‘किन फजुल खर्च गर्नु’ भनेर मनाउनतिर लाग्थी । घर पनि सोच्थ्यो, क्या खासाकी छोरी जन्मिछ, घरका सबै खर्चवर्चतिर पनि ध्यान दिन्छे ।
केही भनिरहेकी थिइन् । बरु मनमनै विचार्दै थी, अब त कसले यसरी भेट्ने कार्यक्रम बनाओस् र प्रतिवाद गर्नु । बढाऊन् न, मलाई के ।
उता केटाले कुरिरहयो, फोन गर्ली कि । फोन आएन । ए बाबा, म कसरी आएँ भनेर सोध्न त एक कल गर्नुपर्छ । झोकमा उसैले गर्‍यो । केटीले मोबाइल स्विच अफ गरिदी ।
के पाराकी हो । एकछिन अघिसम्म सोच्तै गरेको केटो अब प्रेमी भएर आशङ्काका बादल मनमा मडारिएको अनुभूत गर्न थाल्यो—न घरमा उसलाई गाह्रो पर्‍यो । थाहा पाए कि ?
कलेजमा पनि देखा परिन । केटो नियास्रियो ।
साथीले सोधे—‘के नुन नखाएको मान्छेजस्तै झोक्रिरहेको ?’
अर्काले भन्यो—‘यसले त उखान पनि मोर्डनाइज गर्छ…नुन खाएको कुखुरा कि…?’
पहिलाले भन्यो—‘नुनमा कम शक्ति हुन्छ भन्ठान्या तैँले ? मान्छेमा पर्‍यो भने…।’
—‘किन…तँैले कसरी थाहा पाइस् ?’
—‘मैले नुनको खानीमा काम गरेको बाइस वर्षको अनुभव छ ।’
—‘तेरो उमेर सत्र वर्ष, काम गरेको बाइस वर्ष….।’
साथीहरू हाँसे । ऊ हाँसेन । साथीहरूमा खुलदुली मच्चिहाल्यो, के भएछ यसलाई †
उनीहरूलाई थाहा थिएन, केटाको प्रेमको प्रसंग । केटा र केटी दुवै जना कसैलाई थाहा दिने पक्षमा थिएनन् । निर्णय नै गरेका थिए । प्रेम गर्नुपर्छ, वेद–पुराणमै लेखिएको छ, तर आफ्नो प्रेमलाई सबैसामु प्रकट गराउनू भनेर कुनै पनि शास्त्रमा लेखिएको छैन । ती ठान्थे । त्यसैले कलेजमा दुवै जना धेरै भेट्तैनथे । क्यान्टिनमा खाने समय नजिक पर्‍यो भने संकेतैसकेतमा काम चलाउँथे ।
दुवै गर्व गर्थे, त्यसरी आफ्नो प्रेमलाई फलाइफुलाई झ्याङ्गिन दिन पाएकोमा । अन्यथा कलेजमा कसको कोसित के चलिरहेछ भनेर हल्लैहल्लाबाट पवित्र सम्बन्धलाई धमिलो बनाइदिने कुचलन चलिरहेको थियो । कसैलाई थाहा छैन, जे छ, आ–आफूमै छ । गर्व थियो ।
अब त्यही गर्व गर्ने केटो झोक्राएकै अनुहार लिएर घर फक्र्यो ।
बाबुचाहिँ कुर्लिए—‘के हो तेरो चाला ? न एक अक्षर घरमा पढ्नु छ न बाबुलाई पसलमा सघाइदिनु छ ।’
केटाले अमिलो पोख्यो—‘कस्तो चक्कर लागिरहेछ ।’
बाबुचाहिँलाई थप बल मिलेझैँ भयो—‘मलाई थाहा छ, तँलाई केको चक्कर लागिरहेछ…यस उमेरमा । हेर बाबू † केटीको चक्कर यस्तै हुन्छ…पहिला आफू योग्य हुनुपर्छ । नत्र केटीहरूलाई त के छ र, रोईधोई बाबुआमाले भनेको घरतिर गइदिन्छे…अनि आफू हेर्‍याहेरै ? यस्तो अवस्थामा बिहे गर्न पाइयो भने पनि प्रेम गर्ने बेलाको महत्त्वाकाङ्क्षा पूरा गर्न सकिँदैन अनि…।’ बाबुले छोराको मुहार पढ्न खोज्यो ।
सकारात्मक प्रभाव परेजस्तो लागेर फेरि भन्यो—‘ऊ तेरी आमालाई पनि…पाउन मैले कम संघर्ष गर्नुपर्‍यो ।’
आमा भान्छाबाटै कराइन्—‘छोरालाई केके भनिरहेको होला यो मान्छे ।’
—‘मैले आफूलाई योग्य बनाएपछि नै तेरी आमालाई पाइयो…नत्र मामाघरको तेरा हजुरबुवाले कम दुख दिएनन् मलाई…। यदि म योग्य नभएको भए…। हाम्रो समाजमा अझै पनि प्रेमलाई सफल बनाउन केटालाई नै धपेडा गर्नुपर्ने हुन्छ । डु यु नो, ह्वाट आइ मिन ?’
केटो केही बोलेन । कोठाभित्र गयो ।
जानेबित्तिकै बाबुको कुरा फेरि दोहोरिन थाल्यो, दिमाखमा । तब झ्वाट्ट आँखा खुल्यो, टाउकाको हैन, तत्त्वज्ञानको ।
साँच्चै मैले आफूलाई योग्य बनाइनँ भने…पहिले विद्रोह, रोईकराई होला, तर अन्त्यमा ऊ त जाली, अर्को जुनीमा भेट्ने वाचा गरेर । अनि मचाहिँ सडकमा बौलाहा बनेर हिँड्ने ? वा दाह्री पालेर वैरागी गीत गाएर वा सुनेर बस्ने ?
थ्याङ्क्स बौ । उसले मनमनै भन्यो, मुस्कायो ।
तब देखियो, पहिलोपल्ट साँझमा उसले किताब खोलेर पढ्न थाल्यो ।

प्रतिक्रिया