वार्ताका लागि वैद्यका तीन सर्त

mohan 1काठमाडौं, २८ वैशाख । आन्दोलनरत नेकपा–माओवादीले आफ्ना माग पूरा भए मात्रै वार्तामा बस्ने भन्दै तीन सर्त अघि सारेको छ ।
सरकारले शुक्रबार बिहान बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको माओवादीका अध्यक्ष मोहन वैद्यले दिउँसो विज्ञप्ति जारी गर्दै वार्ताका लागि सर्त अघि सारेका हुन् ।
वैद्यले जारी गरेको विज्ञप्तिअनुसार सरकारसँग वार्तामा बस्नका लागि गत १ चैतमा गरेको २५ बुँदे आदेश र नागरिकता विधेयक खारेज गरी अख्तियार प्रमुखमा हालै गरिएको लोकमानसिंह कार्कीको नियुक्ति बदर गर्नुपर्नेछ ।
पार्टीले सार्वजनिक गरेका सर्तको कार्यान्वयन नभएमा वार्तामा बस्नुको औचित्य नहुनेसमेत विज्ञप्तिमा उल्लेख छ । वैद्यले विज्ञप्तिमा चार दलले जे भन्यो, त्यही गरेर आफ्नो पार्टीले चार दलसँग आत्मसमर्पण गर्न नसक्नेसमेत स्पष्ट पारेको छ ।

प्रतिक्रिया