खच्चडलाई फूलमाला र अविर !

बाजुरा २७,वैशाख । दहकोट–६ सिमखेतमा पहिलो पटक खच्चड पुगे पछि खुसियाली मनाइएको छ । दुर्गम गाविसका रुपमा रहेको सिमखेतका स्थानीयहरुले बाटो ममर्त गरेपछि आज पहिलो पटक खच्चड पुगेका हुन् । सवारी साधनको पहुँच नभएको उक्त ठाँउमा यसअघि खच्चडसमेत पुग्न सकेको थिएन । आज दार्चुला घर भएका गोपलबहादुर कार्कीका खच्चड आज सिमखेत पुगेका हुन् ।
सिमखेतका व्यापारी गोरख बहादुर रोकायाले बाटो निर्माणका लागि सबैलाई अनुरोध गरे पछि स्थानीयबासीको पहलमा सहजै खच्चड पुग्ने बाटो मर्मत गरिएको थियो । खच्चडलाई स्थानीयले फुलमाला र अविरले स्वागत गरेका थिए । खच्चड पुगे पछि अब व्यापारीलाई समान ढुवानी गर्न सजिलो हुने भएको छ । स्थानीयहरुले बाटो मर्मतका लागि जिल्ला विकास समितिलाई आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया