सप्तरीमा आगलागी हुँदा १३ घर नष्ट

AAglagi-(8)
राजविराज, २६ वैशाख । सप्तरी जिल्लाको सीतापुरमा आगलागी हुँदा १३ वटा घर जलेर नष्ट भएका छन् ।
बिहीबार बिहान भएको आगलागीबाट झण्डै दश लाख बराबरको क्षति भएको प्रहरीले प्रारम्भीक अनुमान गरेको छ । आगलागीबाट ५८ जना प्रभावित भएका छन् ।
विद्युत सर्ट भएर आगलागी सुरु भएको थियो । स्थानीय सत्यनारायण रामको घरबाट सुरु भएको आगो गाउँ भरि फैलिएको हो ।
आगोले गर्भी राम, मुसहरि राम, पर्मेश्वर राम, दुखन मोची, जयप्रसाद राम, नारायण मोची, श्रीप्रसाद राम र रामप्रसाद रामलगायतका १३ वटा घर जलेर नष्ट भएको प्रहरी चौकी महुलीले जनाएको छ ।
सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रमा लिईएको थियो ।

प्रतिक्रिया