बाग्मती सफा गर्न कलाकारले फुटबल खेल्ने

काठमाडौं : पछिल्लो समय सामाजिक काममा कलाकारको अग्रसरता निकै रहने गरेको छ । वर्ष दिनअघि रत्नपार्क सफा गरेका कलाकारले आगामी जेठ ५ गते बाग्मती नदी सफा गर्ने भएका छन् । उनीहरूले अभियानलाई सफल बनाउन अघिल्लो दिन विज्ञापनकर्मीसँग दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबलसमेत खेल्ने भएका छन् ।
बुधबार आयोजित कार्यक्रममा फुटबलमा कलाकार संघ र विज्ञापन संघबीच एस ट्राभल्स् डट ओराजी भकुन्डो भिडन्त हुन लागेको जानकारी गराइयो । कलाकार तथा विज्ञापनकर्मीले गुह्येश्वरीदेखि सिनामंगल पुलसम्म सफाइ गर्नेछन् । यो कार्यक्रममा नेपाल सरकार, सहरी विकास मन्त्रालय, एकीकृत अधिकार सम्पन्न बाग्मती सभ्यता विकास समिति, पशुपति क्षेत्र विकास समिति, पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिका र गायत्री परिवार हरिद्वार भारतको समेत सहयोग छ । (सौस)

प्रतिक्रिया