मजदुर आन्दोलित

कञ्चनपुर : महेन्द्रनगर नगर विकास समितिले निर्धारित समयभित्र सर्वदलीय बैठक बोलाएर जग्गा दिन नसकेपछि मजदुर आन्दोलनमा उत्रिएका छन् । नगर विकास समितिले गत २७ चैतमा गरेको निर्णयानुसार सर्वदलीय बैठक बोलाएर समस्या समाधान गर्न नसकेपछि उनीहरूले आन्दोलन थालेका हुन् । पुरानो मूल्यमा जग्गा पाउनुपर्ने  माग राख्दै आन्दोलनमा उत्रिएका मजदुरलाई एक महिनाभित्र जग्गा दिने निर्णय गरी आन्दोलन फिर्ता गरिएको थियो । महेन्द्रनगर नगर विकास पीडित संघर्ष समितिले माग पूरा नभएपछि सोमबार समितिमा तालाबन्दी गरी आन्दोलन सुरु गरेको थियो । मजदुरले लगाएको ताला प्रहरीले काटेका छन् । संघर्ष समितिका अध्यक्ष लोकेन्द्र पहाडीले २३ वैशाखमा समस्या समाधान गर्ने नगर विकास समितिको निर्णय कार्यान्वयन हुन नसकेपछि आन्दोलनमा उत्रिएको बताए । नगर विकास स्वामित्वको जग्गामा बस्दै आएका मजदुरले जग्गा पाउनुपर्ने माग राख्दै विगतदेखि आन्दोलन गरिरहेका छन् । सर्वोच्च अदालतले समेत पुरानो मूल्यमा जग्गा दिन आदेश दिएको थियो ।
सर्वोच्चको आदेश कार्यान्वयन गराउन मजदुर आन्दोलनमा उत्रिएपछि गत २७ चैतमा  समितिले सर्वदलीय बैठक बोलाएर समस्या समाधान गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया