बोरिङ निर्माण तीव्र

भालुवाङ, २६ वैशाख । बढ्दो गर्मीसँगै खानेपानीको समस्या देखिन थालेपछि लालमटिया–३ भालुवाङस्थित आँपखोली खानेपानी आयोजनाको दोस्रो पानी मुहान बढाउने कार्यक्रमअन्तर्गत डिप बोरिङ निर्माण कार्य तीव्र रूपमा भइरहेको छ । कुल दुई सय पाँच घरधुरी भएको आँपखोली, भुङभुङे, अस्पताल, गौतम बुद्ध र भूतपूर्व सैनिक टोलका स्थानीय एक हजार एक सय उपभोक्तालाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले २०६५ सालमा सञ्चालनमा आएको आयोजनाले उपभोक्तालाई पानी पुर्‍याइरहे पनि गर्मी मौसममा केही समस्या आएको भन्दै स्रोत बढाउन डिप बोरिङ गर्न लागिएको हो । ब्रिटिस गोर्खा बेलफर स्किम पश्चिमाञ्चल पोखराको प्राविधिक, आर्थिक अनुदान सहयोग र उपभोक्ताको जनश्रमदान गरी करिब ४२ लाख रुपियाँको लागतमा आयोजना सञ्चालन भएको थियो । अहिले धमाधम बोरिङ गाड्ने काम भइरहेको आँपखोली खानेपानी तथा सरसफाइ व्यवस्थापन समितिका रुद्रबहादुर झाँक्रीमगरले जानकारी दिए ।

प्रतिक्रिया