सद्भावनाको ज्ञापन

भैरहवा : संविधानसभा निर्वाचन घोषणा, निर्वाचन क्षेत्र पुन:निर्धारण आयोग गठन, नागरिकता्र वितरण निर्देशिका २०७० संशोधन गरी आमाको नामबाट पनि नागरिकता प्रदान गर्ने व्यवस्था, नागरिकता प्रमाणपत्रबाहेक अन्य परिचय पत्रका आधारमा पनि मतदाता नामावली संकलन गर्ने व्यवस्थालगायत १० बुँदे माग राख्दै नेपाल सद्भावना पार्टी रूपन्देहीले बुधबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । जिल्ला अध्यक्ष आनन्दप्रसाद गुप्ताको नेतृत्वमा गएको टोलीले विभिन्न १० बुँदे मागसहित ज्ञापनपत्र बुझाएको हो । (सौस)

प्रतिक्रिया