शवका कारण उदयपुर अस्पताल दुर्घन्धित

उदयपुर, २५ वैशाख । उदयपुर जिल्लामा फेला परेको शवको व्यवस्थापन हुन नसक्दा अस्पताल दुर्घन्धित भएको छ ।
शवका कारण उदयपुरमा रहेको कटारी अस्पताल दुर्घन्धित भएको हो । मंगलबार मध्यान्ह फेला परेको पुरुषको शव पोष्टमार्टम पछि अन्तिम दाहसँस्कार हुन सकेको छैन । पहिचान हुन नसकेको शवका आफन्त पनि दाबी गर्न नआएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तराई मुलका जस्ता देखिने अन्दाजी ४०–४५ बर्षको पुरुषको शव कटारी–५ स्थित पानीको कुलोमा फेला परेको थियो । मंगलबार फेलापार्नु अघि शव करिव ४/५ दिन देखि नै पानीमा रहेको हुन सक्ने प्रहरी भनाई छ ।

प्रतिक्रिया