फरार अभियुक्त केसी पक्राउ

रोल्पा, २५ वैशाख । प्रतिबन्धित लागूऔषध चरेश ओसारपसारको आरोपमा प्रहरीले रोल्पामा लोकबहादुर केसीलाई पक्राउ गरेको छ ।
ह्वामा–१ घर भई हाल सदरमुकाम लिवाङ–६ स्थित होटल व्यवसाय गर्दै आएका केसीलाई लागूऔषध चरेश असारपसारको आरोप लागे पछि मंसिर–२२ गते देखि फरार भएका थिए ।
उनलाई विशेष सुराकीका आधारमा मंगलवार लिवाङ नजिकै लहरीखोलामा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । केसीलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

प्रतिक्रिया