अधिकारीको डिभोर्स बजारमा

Divorce-Lokraj-Adhikari's-Aकाठमाडौं : सञ्चारकर्मी एवं रचनाकार लोकराज अधिकारीको पछिल्लो एकल एल्बम‘डिभोर्स’ बजारमा आएको छ । उनकै एकलशब्द रहेको एल्बम्लाई सिल्फ इन्टरटेन्मेन्टले बजारमा ल्याएको हो ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गीतकार कालीप्रसाद रिजाल, अधिवक्ता डा. भीमार्जुन आचार्यले संयुक्र एल्बम‘डिभोर्स’को विमोचन गरे । एल्बम्मा सात गीत छन् ।
एल्बम्का गीतमा गोविन्द मधुर आर्चाय, यादव योगी र अञ्जन रेग्मीका संगीत छन् । अञ्जु पन्त, अञ्जना गुरुङ, जुनु रिजाल काफ्ले, राजेशपायल राईलगायतका गायक/गायिकाको एल्बम्मा स्वर छ ।
एल्बम्का सबै गीतको म्युजिक भिडियोसमेत निर्माण भइसकेका छन् । गीतका म्युजिक भिडियो सञ्चारमाध्यममा आउन थालिसकेको कम्पनीको भनाइ छ । सांगीतिक क्षेत्रमा राम्रो पहिचान बनाएका अधिकारीका यसअघि दजर्नौं गीत बजारमा आएका छन् । (सौस)

प्रतिक्रिया