असारदेखि दुई रंगका सिलिण्डर बजारमा ल्याउने

lp gassकाठमाडौं, २४ वैशाख । सरकारले उपभोक्ता समक्ष खाना पकाउने एलपी ग्यासका दुई रंगका सिलिण्डर असारदेखि ल्याउन भएको छ ।
नेपाल आयल निगमले असार–१ गतेदेखि घरायसी र व्यापारिक प्रयोजनका लागि दुई रंगका सिलिण्डर बजारमा ल्याउन लागेको हो । घरायसी प्रयोजमा रातो र व्यापारिक प्रयोजनमा निलो रंगका सिलिण्डर प्रयोगमा ल्यानु पर्ने छ ।
बाणिज्य तथा आपूर्ती मन्त्रालय, नेपाल आयल निगम र एलपी ग्यास उद्योग संघबीच भएको सहमति अनुसार दुई अलग अलग सिलिण्डर आउन लागेका हुन् ।
मिडिया इन्टरनेसनलले मंगलबार काठमाडौंमा  आयोजना गरेको कार्यक्रममा वाणिज्य तथा आपूर्ती मन्त्रालयका प्रवक्ता जीवराज कोइरालाले दुई रंगको सिलिण्डर बजारमा ल्याउने सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनले भने, ‘असार–१ गतेदेखि दुई रंगका सिलीण्डर बजारमा ल्याउन निगमलाई निर्देशन दिएका छौं ।’
उनले उपभोक्ता कार्ड वितरण अन्तिम चरणमा भएकाले असार–१ गतेदेखि सो निर्णय लागू गर्ने उल्लेख गरे ।
नेपाल आयल निगमका निमित्त कार्यकारी प्रमुख जयराज आचार्यले उद्योगी र विक्रेता महासंघसंग सहकार्य गरेरै निलो र रातो रंगका सिलिण्डर बजारमा ल्याउन लागिएको बताए ।
एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले यथास्थितिमा दुई रंगको सिलिण्डर असार–१ गते पनि आउन नसक्ने बताए । ‘सरकारले केही लचकता अपनाएर अघि बढ्नु पर्छ,’ उनले भने, ‘यथास्थितिमा दुई रंगका सिलिण्डर बजारमा ल्याउन कठिन छ ।’
ग्यास बिक्रेता महासंघ काठमाडौंका अध्यक्ष चन्द्र थापाले १० लाख उपभोक्ता कार्ड वितरण भइसकेको बताए । उनले दुई रंगको सिलिण्डर बजारमा ल्याउन सरकारले खुट्टा कमाउन नहुने बताए ।

प्रतिक्रिया