कार्कीका विषयमा टिप्पणी गर्न चाहन्न

Vidhya-Devi-Bhandariबर्दिया, २४ वैशाख । एमाले उपाध्यक्ष विद्या भण्डारीले लोकमान सिंह कार्कीको नियुक्तिका विषयमा पहिले देखि नै पार्टीमा विवाद रहेको बताएकी छन् ।
प्रेस चौतारी नेपाल बर्दियाले मंगलबार गुलरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा भण्डारीले उच्चस्तरीय राजनीतिक समितिले जनभावनाको कदर नगरी कार्कीको पक्षमा सहमति गरेको आरोप लगाईन् । ‘शीर्ष नेतृत्वले जनभावनाको कदर गर्नु पर्छ,’ उनले भनिन् ।
उनले अख्तियार प्रमुखमा कार्कीको नियुक्तिको प्रकृया अघि बढी सकेकाले सो विषयमा आफूले टिप्पाणी नगर्ने बताइन् । उनले भनिन्, ‘पार्टी नेतृत्वले समर्थन गरिसकेको अवस्था म टिप्पणी गर्न चाहन्न ।’

प्रतिक्रिया