बन्द गर्दै हिंडेका लिम्बुवान कार्यकर्ता पक्राउ

इलाम, २२ वैशाख । बन्दको आह्वान गर्दै हिडिरहेका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका पाँच कार्यकर्ता पक्राउ परेका छन् ।
बन्दलाई प्रभावकारी बनाउन भ्यान लिएर माइकिङ्ग गर्दै हिडेका उनीहरुलाई प्रहरीले इलाम बजारबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सदरमुकामकै चियाबारीमा रहेको आदर्श निमाविका शिक्षक समेत रहेका भीम एक्तेन, एकतप्पाका पहलमान सुब्बा, जितपुरका चन्द्र राई रहेको प्रहरी नायब निरीक्षक विजय श्रेष्ठले जानकारी दिए । अन्य दुईजना विद्यार्थी भएकाले उनीहरुलाई भने पक्राउ गर्ना साथ छाडिएको उनले बताए ।
आङ्खना नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरी दुव्र्यवहार गरेको भन्दै परिÈदले अनिश्चितकालीन लिम्बुवान आम हड्तालको आह्वान गरेको हो । सरकारले सञ्चालन गरेको एकीकृत घुम्ती शिविर अवरोध गर्ने क्रममा प्रहरीले गएको शुक्रबार लिम्बुवानका सात नेता तथा कार्यकर्ता पक्राउ गरेको थियो । धनकुटा, मोरङ्ग र पा“चथरको सीमानामा पर्ने ६ नं. बुधबारेमा फोटोसहितको मतदाता नामावली संकलन कार्य अवरोध गर्न आएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । लिम्बूवानले पक्राउ परेका आफ्ना कार्यकर्तालाई विनासर्त रिहा गर्नुपर्ने, घाईतेको निशुल्क उपचार गरिनुपर्ने, असंवैधानिक नागरीकता वितरण र फोटोसहितको मतदाता नामावली संकलन कार्य तत्काल रोकिनुपर्ने माग गरेको छ ।
आफ्ना माग पूरा नभएसम्म हड्ताल जारी रहने लिम्बूवानका केन्द्रीय सचिवालय सदस्य प्रेमदीप थाम्सुहाङगले जानकारी दिए ।
यसैबीच इलाम उद्योग वाणिज्य संघ, होटल एशोसिएसन इलाम, पूर्वेली ट्याक्सी व्यवसायी संघ, पूर्वेली मजदुर संघ, विल्याँटे बजार व्यवस्थापन समिति र पूर्वेली ट्याक्सी ब्यवसायी उपसमिति बरबोटेले आइतबार संयुक्त प्रेश विज्ञप्ती प्रकाशित गरि बन्द फिर्ता लिन आग्रह गरेको छ ।

प्रतिक्रिया