२७ बर्ष पछि चितवनमा देखियो सानो सावरी

Birdसौराहा , २२ बैशाख । चितवनको पर्यटकीय नगरी सौराहा नजिक एक २७ बर्ष पछि नया चरा फेला परेको छ । राप्ती नदी नजिक दुधउरा खोलामा सानो साओरी नामक २७ बर्ष पछि देखा परेको चरा विद् वासु विडारीले जानकारी दिए । सो क्षेत्रमा नया चरा देखीको हामीले खबर पायौ –चरा विद् विडारीले भने । हामी जानकारी पाए लगत्तै आज सवा १० बजे वर्ड एजुकेसन सोसाईटीका १२ जना टोलीले गरेको गहन अध्ययन पछि सो सानो सावरी चरा नै पत्ता लागाएका हौं । विशेष गरि कहिले काही जाडोयाम छल्न नेपाल आउने यो पछिल्लो समयमा चितवन राष्टिय निकृञ्जको सिमसार क्षेत्र लोप हुदै गएपछि आउन छाडेको सोसाईटीले जनाएको छ । यस वसाईसरेर फर्केने क्रममा चितवनमा फेला परेको टोलीमा सहभागी चराविद्हरुको भनाई छ । सिमसार क्षेत्र पाईने चरा भारतको गजुरात, उत्तर अमेरिकाको एटलान्टीक कोस्ट, सगै युरोप,एशिया र अस्टलीयका केही देशमा मात्र पाईन्छ । तस्विर सौजन्य: बासु बिडारी

प्रतिक्रिया