बलत्कार पछि ममता अस्पताल भर्ना

balatkar 1सर्लाही, २२ वैशाख । सर्लाही जिल्लामा सात वर्षीया बालिका बलात्कृत भएकी छन् ।
लक्ष्मीपुर–८, असनवा टोल निवासी ममता साह (नाम परिर्वतन) सोही स्थानीय पप्पु चौधरीले बलात्कार गरेको प्रहरीले जनाएको छ । ममतालाई १८ बर्षीय चौधरीले ललाईफकाई शनिबार बलात्कार गरेका हुन् ।
बलत्कार पछि बालिका ममता हिँडडूल गर्न नसके पछि बलात्कृत भएको खुलेको थियो । पीडित बालिकालाई स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल सर्लाहीमा भर्ना गरिएको छ ।

प्रतिक्रिया