‘बहुलवाद स्वीकार्दैनौं भन्नु अधिनायकवादी’

imagesकाठमाडौं, २१ बैशाख । नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष कल्याणकुमार गुरुङले बहुलवाद बिनाको बहुदल आफुहरुलाई स्वीकार्य नहुने बताएका छन् ।
सहिद स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको एक अन्तक्र्रिया कार्यक्रममा नेविसंघ पूर्व अध्यक्ष गुरुङले बहुलवाद स्वीकार नगर्नु लोकतन्त्र सिध्याउने षड्यन्त्र भएको बताए । उनले लोकतान्त्रिक समाजवादले एउटा भन्दा बढी बिचार र राजनीतिक दर्शनलाई स्वीकार्ने भएकाले यसको विकल्प सोच्न नसकिने उल्लेख गरे । उनले कार्यक्रममा ‘लोकतान्त्रिक समाजवाद : प्रजातान्त्रिक प्रकृया सशक्तिकरणको माध्यम’ शीर्षकमा एउटा कार्यपत्र पेश गरेका थिए । कार्यपत्रमा लोकतान्त्रिक समाजवादलाई आर्थिक, समाजिक र राजनीतिक गरी तीन पक्षबाट विश्लेषण गरेका छन् । ‘एक घर एक रोजगार हुन सक्ने वातावरण तयार गर्ने हो भने मानिसको आयमा बृद्धि गर्न सकिन्छ । लोकतान्त्रिक समाजवादको लक्ष्य गरिवलाई धनी बनाउने हो, धनीलाई गरिव बनाउने होइन । धनी र गरिवबीचको आय असमानता कम गर्ने हो ।’ लोकतान्त्रिक समाजवाद बारेमा पूर्व अध्यक्ष गुरुङले कार्यपत्रमा उल्लेख गरेका छन् । राज्य र नागरिकको समान योगदानमा लोकतान्त्रिक समाजवाद स्थापना हुने उनको जिकिर छ ।

प्रतिक्रिया