कोशी पूर्वका नौं जिल्लाको जनजीवन प्रभावित

9 jilla purbaइलाम, २१ वैशाख । संघीय लोकतान्त्रिक मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषदले आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण कोशीपूर्वका नौं जिल्लाको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण बजार तथा पसलहरु बन्द छन् । मेची र कोशी अञ्चलमा गुड्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् । गाडी नचल्दा यात्रुहरु बिच बाटोमै अलपत्र परेका छन् ।
बन्द सफल बनाउन परिषदका कार्यकर्ता राजमार्ग र चोक–चोकमा भेला भएर अबरोध सृजना गरेका छन् ।
सरकारले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा अवरोध पुर्‍याउने क्रममा पाँथरमा सात नेता कार्यकर्ता पक्राउ परेपछि विरोधमा परिषद बन्दमा उत्रिएको हो ।

प्रतिक्रिया