निर्वाचन पूर्णरुपमा वहिष्कार हुन्छ : गजुरेल

cp gajurelधनकुटा, २१ वैशाख । नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले वर्तमान सरकारले गर्ने संविधानसभा निर्वाचन आफूहरुले पूर्णरुपमा बहिष्कार गर्ने बताएका छन् ।
क्रान्तिकारी पत्रकार महासघंले शनिबार धनकुटामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गजुरेलले मुख्य चार राजनीतिक शक्तिले अन्य दलहरुलाई असफल बनाउन लागेको आरोप लगाए । ‘वर्तमान सरकार नहटेसम्म निर्वाचन हुन दिदैनौं,’ उनले भने, ‘निर्वाचन भईहाले पनि नेकपा–माओवादीले कडा प्रतिकार गर्छ ।’
उनले खिलराज रेग्मी नेतृत्वको वर्तमान सरकार अविलम्ब खारेज हुनु पर्ने माग गरे । ‘सरकार हटाउन संयुक्त आन्दोलन गर्छौं,’ उनले भने, ‘सरकार जसरी पनि हट्छ । हटाउँछौं ।’
उपाध्यक्ष गजुरेलले आगामी मंसिरमा पनि चुनाव हुन नसक्ने दोराए । ‘निर्वाचनको विरोधमा हामीहरु छैनौं,’ उनले, ‘चार राजनीतिक शक्ति अहिले देशमा असंवैधानिक कार्यहरु गर्दै आएकाले विरोधमा जान बाध्य भएका हौं ।’
उपाध्यक्ष गजुरेलले राजनीतिक दलहरुबाटै सरकार वनाउनु पर्नेमा जोड दिए । उनले कर्मचारीको सरकारले देशलाई वलियो वनाउनै नसक्ने वताए ।

प्रतिक्रिया