आमा हुनु सर्वोत्तम अनुभूति

गीत र गजलबाट साहित्यमा प्रवेश गरेकी उमा सुवेदीको पहिलो उपन्यास हो–‘तोदा’ । सशस्त्र द्वन्द्वको त्रासदी सहन नसकि रोजगारीको खोजीमा इजरायल पुगेका नेपाली नारीहरूको संघर्षको जीवन्त चित्रण छ उपन्यासमा । गत साता सार्वजनिक ‘तोदा’ र लेखनमा केन्द्रित भएर उनीसँग गरिएको वार्ता :
Uma-Subedi
 युद्धको असर महिलामा बढी छ भनेर ‘तोदा’मा चित्रण गर्नुभएको छ । युद्धको असर महिलामा बढी छ नै, तर मारिने त पुरूष नै बढी हुन्छन् । युद्धको असरबारे विश्लेषण गर्दा तपाईं बढी नै महिलावादी हुनुभयो नि ?
मर्नेहरूको संख्या हेरेर हुदैन । हरेक मृत्युको असर व्यक्तिको घरसम्म पुग्छ । नेपालको परिवेश, जहाा अहिले पनि महिलाले घरको काम गर्नुपर्छ, छोराछोरी हेर्नुपर्छ भन्ने मानसिकता राखिन्छ, जसलाई अझै पनि सहज किसिमले अध्ययनको अवसर दिइादैन तिनीहरू घर कुर्न बाध्य हुन्छन् । जब पुरुषको असमयमै मृत्यु हुन्छ, सबैभन्दा जटिल स्थितिमा तिनै महिलाहरू पर्छन् । पीडितहरूको पक्षमा लेख्दैमा महिलावादीको कित्तामा धकेल्न खोज्नु नै गलत सोच हो भन्छु म ।
तपाईंका कथामा मुख्य पात्र पार्वतीदेखि अरू पात्रसम्मले सेक्स टोय र समुद्रका छालबाट यौनआनन्द लिइरहेका छन् । इजरायलमा बस्ने नेपाली महिलाहरू यौनआनन्दका लागि सेक्स टोय र समुद्रका छालहरूमा मात्रै सीमित भए त ?
तपाईंले समस्याको सानो पाटोलाई खोजीखोजी हेर्नुभयो । म त भन्छु, कसैभित्र मानवीय समस्याको चेत छ भने त्यसले यस्ता प्रश्न राख्दैराख्दैन । सेक्सलाई रतिरागात्मक भावमा नहेर्नुस् । यो जीवनसित गाासिएको मानवीय कुरा हो । त्यसैले मानवीय समस्याको एउटा पाटो पनि हो यो । त्यो पाटोलाई बुझिदिनुस् । यसबारेमा जसजसलाई केही अलमल छ, म उहााहरूलाई ‘तोदा’ एकपटक दोहोर्‍याएर पढिदिन अनुरोध गर्छु ।
अनि विदेश पुगेर नेपाल फिर्ने नेपाली महिलाहरू त ‘विदेशमा यौन शोषण भयो’ भन्छन् नि ?
इजरायलमा यौन शोषण हुदैन । त्यो यौन शोषण गरिने देश होइन । त्यहाँका मान्छेहरूमा यौन कुण्ठा उतिसारो हँदैन । इजरायलमा यौन शोषण हुन्छ भन्ने कसैमा यो भ्रम छ भने उसले आफ्नो सोच र अनुसन्धानको दायरा फराकिलो पार्नुपर्छ । त्यहाा पुगेर हामीजस्ता महिलाहरूले भोग्ने भनेको मानवीय र मानसिक समस्या हो । त्यो समस्या हामीकहाको परिवेश र परिस्थितिले जन्माएको समस्या हो ।
इजरायलको होलोकस्टको ट्रउमाबाट आएर परिवार बसाएका वृद्धाहरूका मनभित्रै पसेजसरी कथा लेख्नुभएको छ । उनीहरूको त्रासद भोगाइमा कति प्रतिशत काल्पनिकी मिसाउनुभयो ?
आख्यानमा कति काल्पनिकता र कति सत्यता हुन्छ, त्यसको परसेन्टेज मैले अझैसम्म छुट्याउन सकेकी छैन । मात्रा मिलाएर प्रयोग गर्ने ओखती पनि हैन आख्यान । मलाई धेरै कुरा थाहा छैन, तर यति थाहा छ, यथार्थको कल्पनाशील र कलात्मक प्रयोग गरियो भने आख्यान बन्छ ।
कथामा पार्वती इजरायली वृद्धाका ‘होलोकस्ट काल्पनिकी’ देखि नेपालको त्यो बेलाको युद्ध र महिलाले भोगेका दु:खद अवस्थाका बीच यात्रा गर्छे । कतै पार्वती तपाईं आफैँ त होइन ?
यो मेरो आत्मकथा हैन । आख्यान लेख्नेले बुझ्नुहुन्छ, एउटै पात्रमा कति कति पात्रहरूका कथा र घटनाक्रमहरू समाहित भएका हुन्छन् । आख्यानमा महिलाले खडा गरेका पात्रमा लेखकलाई खोज्ने रोग नेपालका धेरैमा देखिन्छ । यो रोगबाट समयमै सबै मुक्त भैदिए जाति हुन्छ ।
आफैँले देखेको आफ्नो लेखनको कमजोर पक्ष के हो ?
मैले मेरो कमजोरी देखेको भए पक्कै त्यसलाई हटाउने थिएँ । मानवीय समस्या नै हो, उसले आफ्नो कमजोरी समयमै देख्दैन । कसैले देखाइदिनुपर्छ । अब पाठकले नै भन्नुहुनेछ मेरो कमजोरी ।
लेखनमा नेपाली महिलाको आँखाबाट संसार चियाउँदा कत्तिको साँघुरो लाग्छ ?
संसारलाई महिलाको आाखाले हेर्ने हो भने लेख्नैपर्ने तर नलेखिएका कतिकति विषयहरू देखिन्छन् । त्यसैले संसार फराकिलो छ । सााघुरो त व्यक्तिका सोचहरू हुने गर्छन् ।
बाल्यकालका सम्झनाले कतिको लखेट्छन् ? घरमा आमा वा बुबा नभएको मौका छोपेर आमाको लाली, पाउडर वा गाजल घसेर गीत गाउँदै गाउँतिर डुल्नुभो ?
घुमियो । तर, तपार्इंले कल्पना गरेजस्तै गरेर लाली पाउडर या गाजल दलेर हिाडिएन । तर, आफूले लेखेका कुरा र सुनेका गीतहरू अरूलाई जोडदार किसिमले सुनाउन मन लाग्थ्यो । त्यतिबेलै पनि मलाई लाग्थ्यो, मैले भन्ने र सुनाउने कुराहरू धेरै छन् । म त्यस्ता मौकाहरूको सदुपयोग गर्थो । त्यसको लागि लाली र पाउडर  लगाउनु पर्दैनथ्यो ।
जीवन कत्तिको नियमित छ ? वा झर्कोलाग्दो छ ?
जीवनलाई सुन्दर देखिरहेकी छु मैले । जीवनसित झर्किएर के गर्ने ?
कत्तिको हाँस्नुहुन्छ ? कत्तिको रूनुहुन्छ ? गाजल लगाउनुहुन्छ कि लगाउनुहुन्न ?
फेरि गाजलको कुरा ? स्थुल कुराहरूको खोजीमा कस्तो खालको तुष्टि पाउनुहुन्छ तपाईंहरू ? जहाँसम्म रुने र हास्ने कुरा छ, नेपालका आमाहरू कति हाास्छन्, कति रुन्छन् ? या नेपालका आम मान्छेहरू कति रुन्छन् या कति हास्छन् ? मैले पनि त्यति नै हो हाास्ने र रुने हो । के नेपालका आमाहरू, दिदीबहिनीहरू गाजल लगाउदैनन् ?
आफ्नो बाल्यकाल वा युवाकालका सबैभन्दा सम्झन मन लाग्ने र सम्झन मन नलाग्ने कुरा के हो ?
लेखक भएको नाताले मैले सबै राम्रा/नराम्रा कुरालाई सम्झिनै पर्ने हुन्छ । तिनै स्मृतिहरूनै त लेखनका लागि कच्चा पदार्थ हुन् । सबै तीता/मीठा कुराहरू सम्झनलायक हुन्छन् ।
दुनियाँमा यति धेरै मान्छेले कथा लेखिरहेका छन्, तपाईंले नै किन लेख्नुपर्‍यो ?
खोज्नुभयो भने हरेकले भन्ने कथा फरक हुन्छ । मलाई आफूले देखेका कुराहरू भन्ने र सुनाउने इच्छा छ । कतिले लेखिरहेका छन् भनेर म चुप लागेर बस्दिना । म मैले भन्ने कुरा अरूभन्दा फरक होस् भन्ने चाहन्छु । त्यसतर्फ प्रयास पनि गर्दै छु ।
 ‘जीवन यसरी हिँड्नुपथ्र्यो, यसरी पो हिँडिएछ’ भन्ने लाग्छ कि ?
लाग्दैन । म सही बाटोमा छु । यो बाटोमा अरूलाई पढ्न र सुन्न पाइरहेकी छु । अरूलाई आफ्ना कुराहरू भन्न र सुनाउन पाइरहेकी छु । अरू के चाहियो ?
आमा हुनुमा कत्तिको गौरव महसुस हुँदोरहेछ ?
जीवनको सर्वोत्तम अनुभूति हो यो । एउटा छोरा र तीन किताब । म चार सन्तानकी आमा हँु ।
जीवनमा के गुमाएँ जस्तो लाग्छ ?
मैले गुमाएका कुराहरूको लेखाजोखा गरिहाल्ने बेला आएजस्तो लागेको छैन ।

प्रस्तुति : दीपक  सापकोटा

[email protected]

प्रतिक्रिया