एमबिएका लागि ग्लोबललाई थाइल्यान्डबाट सम्बन्धन

काठमाडौं २१ वैशाख । ग्लोबल कलेज अफ म्यानेजमेन्ट र ग्लोबल कलेज इन्टरनसनलले थाइल्यान्डको एक विश्वविद्यालयसँग एमबिए कक्षा सञ्चालन गर्न अनुमति लिएका छन् । म्यानेजमेन्ट र इन्टरनेसनल कलेजले छुट्टा–छुट्टै शिनावात्रा इन्टरनसनलसँग व्यवस्थापन संकायको कक्षा सञ्चालन गर्न शुक्रबार सम्झौता गरेका हुन् ।
अब ग्लोबलले व्यवस्थापन संकायमा स्नातकोत्तर तहमा शिनावात्राको सम्बन्धन लिएर सञ्चालन गर्ने सहमति भएको छ । सम्झौतापत्रमा ग्लोबल कलेजका तर्फबाट अध्यक्ष राधेश्याम प्रधान र प्रबन्धनिर्देशक खगेन्द्रप्रसाद ओझाले र शिनावात्रा तर्फबाट प्रोफेसर भोरादेज चन्दरासर्नले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार दुई वर्षे एमबिए तहमा एक वर्ष ग्लोबल र अर्को वर्ष शिनावात्रामा गएर विद्यार्थीले अध्ययन गर्न पाउँनेछन् । विश्वविद्यालयका प्राध्यापक ग्लोबल कलेजमा आएर पनि अध्यापन गराउने बताइएको छ ।

प्रतिक्रिया