६ महिनाअघिको स्थितिमा सेयर बजार

काठमाडौं, २० वैशाख । नयाँ वर्षको सुरुसँगै बढ्ने आशामा रहेका लगानीकर्ताको आशाविपरीत पहिलो महिनामा आधा समय नाघ्दा सेयर बजार मापक नेप्से परिसूचक ६ महिनाअघिको स्थितिमा पुगेको छ । बिहीबार नेप्से परिसूचक ५ सयभन्दा तल झरेर ४ सय ९२ दशमलव ९४ अंकमा पुगेको छ ।

बिहीबार बैकिङ, जलविद्युत्, बिमा र टेलिकमको कारोबार हुने अन्य समूहको सूचकसमेत घटेका कारण समग्र नेप्से परिसूचकमा समेत गिरावट आएको हो । बैकिङ परिसूचक ९ दशमलव ३६ अंक, जलविद्युत् १९ दशमलव ४९ अंक, बिमा २० दशमलव २५ अंक र अन्य समूह ९ दशमलव ३९ अंकले घट्यो भने होटल समूहचाहिँ ६ दशमलव ६१ अंकले बढ्यो ।
बैंक अफ काठमाडौं १४ रुपियाँले घटेर ६ सय १२, चिलिमे हाइड्रोपावर २० रुपियाँ घटेर १ हजार १ सय १४, नागरिक लगानी कोष २३ रुपियाँ घटेर १३ सय, एभरेष्ट बैंक १८ रुपियाँ घटेर १ हजार ५ सय १०, ग्रान्ड बैंक ११ रुपियाँ घटेर १ सय ७७ रुपियाँमा कारोबार भएको थियो । त्यस्तै, हिमालयन बैंक ७ सय २०, लाइफ इन्स्योरेन्स कम्पनी ९ सय ७०, माछापुच्छ्रे बैंक १ सय ९५, नेपाल बंगलादेश बैंक २ सय ७०, नेपाल बैंक ५ सय ६४, नेपाल इन्भेस्टमेन्ट बैक ६ सय ९०, नेपाल लाइफ इन्स्योरेन्स ११ सय ६५ रुपियाँमा कारोबार भयो । सेयर कारोबारमा ठूलो गिरावट आएपछि कारोबार रकममा समेत गिरावट आएको छ । दैनिक १० करोड नाघिसकेको सेयर कारोबार बिहीबार नेप्से परिसूचकमा गिरावट आउँदा भने ५ करोड ६९ लाख रुपियाँको मात्र सेयर कारोबार भयो ।

प्रतिक्रिया