जर्मनी फोक्सवान कार चितवनको बजारमा

चितवन : विश्वप्रसिद्ध जर्मनी कम्पनी र प्रविधिको फोक्सवान ब्रान्डको कार चितवन बजारमा बिक्री सुरु गरिएको छ । फोक्सवान (भोक्स्वान) ब्रान्डको कारका पारखीको चाहनालाई ध्यानमा राख्दै सो कार ओसन मोटर इन्टरनेसनल प्रालि भरतपुरले चितवन बजारमा भित्र्याएको हो । भोक्स्वान ब्रान्डको कार नारायणी अञ्चलका लागि आधिकारिक बिक्रेतासमेत रहेको ओसन मोटर इन्टरनेसनलले बिहीबार आºनो सोरुम र सर्भिस सेन्टरको एक समारोहबीच उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले उद्घाटन गरे । चितवनमा अटो क्षेत्रका लागि ओसन मोटर्सको यो अभियान सफल हुने उनको भनाइ थियो । ‘फोक्सवानले कर्पोरेट पहिचान भएको सोरुम नेपालमा सुरु गर्नु नेपालका लागि कम्पनीले महत्त्व दिनु हो,’ ओसन मोटर्सका प्रबन्ध–निर्देशक श्रीहरि श्रेष्ठले भने । चितवन मात्र नभई मध्यनेपालका कारका पारखीलाई अत्याधुनिक प्रविधिको गुणस्तर कार दिनु नै आºनो लक्ष्य रहेको श्रेष्ठको भनाइ छ । तीन वर्षअघि पूजा इन्टरनेसनल प्रालिले नेपाली बजारमा सो कारको बिक्री सुरु गरेको महाप्रबन्धक विवेक बिजुक्छेले बताए । पालो, भेन्टो, टिवान, पर्साद, टोरेट, जेटा, टुरानसहित विभिन्न ११ वटा मोडल र ६ रङमा (पेट्रोल र डिजेलबाट चल्ने) कार बिक्रीका लागि राखिएको छ । डेढ वर्षदेखि चितवनमा ४० भन्दा बढी कार बिक्री भएको बताइएको छ । बिहीबारदेखि भने सेल्स, सर्भिस र स्पेयर पार्टस्सहित सो सोरुमको औपचारिक सुरुवात गरेको ओसन मोटर्सका सेल्स म्यानेजर उपेन्द्र भुसालले जानकारी दिए । सोरुममा २३ लाख ९५ हजारदेखि १ करोड ३५ लाख रुपियाँ मूल्य पर्ने कार बिक्रीका लागि राखिएको छ । यसअघि सोरुम प्रवद्र्धनका लागि बुधबार सोरुमबाट निकालिएको र्‍यालीले नारायणगढ लायन्सचोक, पुल्चोक हँुदै पोखरा बसपार्क र रत्ननगर टाँडीसम्म पुगेर पुन: सोरुममा आई समापन भएको थियो ।

प्रतिक्रिया